आइतबार, साउन ३१, २०८३

कट्टुभित्र राखेर लागुऔषध तस्करी

कट्टुभित्र लागुऔषध (ब्राउनसुगर) राखेर ओसारपसार गर्दैगर्दा सुर्खेतमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाको मधुबन नगरपालिका-५ शान्तिपुरका दिनेश थापा रहेका छन्।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

सुर्खेत - कट्टुभित्र लागुऔषध (ब्राउनसुगर) राखेर ओसारपसार गर्दैगर्दा सुर्खेतमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाको मधुबन नगरपालिका-५ शान्तिपुरका दिनेश थापा रहेका छन्।

उनले ३० ग्राम १ सय ३० मिलीग्राम ब्राउनसुगर गोजी बनाई लिंगको भागमा अड्याएर ल्याएका थिए। ‘चेकजाँच गर्दा पनि पत्ता नलागोस भनेर कट्टुभित्र लिंगमा अड्याएर ल्याएको रहेछ,’ चेकजाँचमा खटिएका प्रहरी हवल्दार लालबहादुर परियारले भने ‘छामछुमगर्दा लिंग र ब्राउनसुगर छुट्याउन मुस्किल थियो, पेन्टी खोलेपछि वास्तविकता पत्ता लग्यो।’

उनको साथबाट ब्राउनसुगर बिक्री गरी ल्याएको ८४ हजार ८ सय २० रुपैयाँसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनी नेपालगंजबाट भे५प ४७७१ नम्बरको स्कुटरमा सुर्खेत आउँदै थिए। सुर्खेत वीरेन्द्रनगर-११ सुब्बाकुना चेकपोष्टमा खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार राति पक्राउ गरेको हो। थापाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Nov 30, 2019| 06:17 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।