आइतबार, साउन ३१, २०८३

कास्की-२ मा भट्टराईले गरिन् मतदान

कास्की-२ मा जारी उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन्।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

पोखरा- कास्की-२ मा जारी उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन्।

उनले पोखरा-३३, स्थित शान्ति उदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेकी हुन्।

नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले भने मतदान गर्न पाएनन्। उनी निर्वाचन हुने क्षेत्र कास्की २ का मतदाता होइनन्।

यस्तै, समाजवादी पार्टी नेपालका उम्मेदवार धर्मराज गुरूङ र साझा पार्टीकी रजनी केसीले पनि मतदान गरेका छन्।

गुरूङले पोखरा-१६ र केसीले पोखरा-४ बाट मतदान गरेकी हुन्।

कास्की-२ बाट निर्वाचित नेकपा सांसद् रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त पदका लागि निर्वाचन भइरहेको हो।

प्रकाशित: Nov 30, 2019| 05:25 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।