आइतबार, साउन ३१, २०८३

संक्रमणबाट जोगाउन ओलीलाई केही दिन आईसीयूमै राखिने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै केही दिन आईसीयूमा राखिने भएको छ।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै केही दिन आईसीयूमा राखिने भएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ‘एपेन्डिसाइटिस’ सहित ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) देखिएपछि गत मंगलबार प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो।

सम्भावित संक्रमणबाट जोगाउन ओलीलाई आईसीयूमै राखिने उपचारमा संलग्न चिकित्सकले बताए।

उपचारमा संलग्न डा. सुवास आचार्यले पेटको घाउ आलै रहेका कारण बाहिर सारे अन्य संक्रमण हुने जोखिम भएकाले प्रधानमन्त्री ओलीलाई आईसीयूमै राखिएको बताए। शल्यक्रियाको प्रभाव र यसको संक्रमण नियन्त्रण भइसकेपनि पछि देखिन सक्ने जटिलता र संक्रमणको डर मात्र रहेको उनले बताए।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले ओली खतरामुक्त रहेको जानकारी दिइन्। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको समयलाई धेरै पर नसार्ने डा. शाहले बताइन्।

 

प्रकाशित: Nov 30, 2019| 04:32 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।