महोत्तरी - महोत्तरीको पिपरा गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान जारी छ। मतदानमा वृद्ध, युवा तथा महिलाको उत्साहजनक सहभागिता देखिएको छ।
बिहानैदेखि बाक्लो हुस्सु लागेपनि मतदाताहरु घरघरबाट निस्केर मतदान केन्द्रसम्म पुगिरहेका छन्। महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष, मटिहानीको वडा नम्बर ६ र बलवा नगरपालिकाको वडा नम्बर २ र ८ मा वडाअध्यक्षको लागि मतदान भइरहेको छ।