बिहीबार, असार ३२, २०८३

महिला भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला भलिबलमा आज (शनिबार) हुन लागेको सेमिफाइनलमा नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला भलिबलमा आज (शनिबार) हुन लागेको सेमिफाइनलमा नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझ ७ बजे सञ्चालन हुन लागेकाे खेल जितेर नेपाललाई इतिहास रच्ने अवसर छ। श्रीलंकालाई हराए नेपाल पहिलो पटक सागको फाइनलमा पुग्नेछ। र, कम्तिमा रजत पदक पक्का हुनेछ।

तर, नेपाललाई श्रीलंकाको खेल जित्न सहज भने छैन। किनकि दक्षिण एसियामा श्रीलंका बलियो टोली मानिन्छ। यद्यपि, नेपालमा हालै भएको दक्षिण एसियाली महिला भलिबलमा श्रीलंकालाई हराएकाले नेपालको मनोबल उच्च छ।

नेपालले साग महिला भलिबलमा कास्य पदक मात्रै जित्न सकेको छ। 

नेपालले सन् १९९९ मा घरेलु भूमिमा आयोजना भएको आठौं सागमा पहिलो कास्य पदक दिलाएकाे थियो। त्यसपछि नेपालले सन् २००६ मा श्रीलंकामा भएको दसौं साग र भारतमा सम्पन्न गत संस्करणको सागमा कास्य जितेको थियो।

जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता हुँदै सेमिफाइनल पुगेको हो। पहिलो खेलमा बंगलादेशलाई हराएको नेपालले दोस्रो खेल भारतसँग गुमाएको थियो।

सो समूहमा भारत समूह विजेताका रूपमा अन्तिम चार पुगेको छ। भारतले समूह चरणमा नेपाल र बंगलादेशलाई हराएको हो।

बंगलादेश भने समूह चरणका दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

समूह ‘बी’को विजेताका रूपमा श्रीलंका सेमिफाइनल पुगेको छ। सो समूहबाट माल्दिभ्स उपविजेता हुँदै अन्तिम चारमा पुगेको छ।

प्रतियोगिताको अर्काे सेमिफाइनलमा भारत र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: Nov 30, 2019| 02:02 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।