आइतबार, साउन ३१, २०८३

प्रचण्डले अस्पताल पुगेर भेटे प्रधानमन्त्रीलाई

उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार साँझ भेट गरेका छन्।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं- उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार साँझ भेट गरेका छन्।

महाराजगंजस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा प्रचण्डले ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्री ओली मंगलबार एपेन्डिक्सको शल्यक्रियापछि अस्पतालमा आराम गरिरहेका छन्।

प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमा राख्नुपर्ने अवस्था रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए।

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आए पनि अझै करिब एक हप्ता अस्पतालमा राखेर निगरानी गरिने प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले बताएकी छन्।

प्रकाशित: Nov 29, 2019| 14:56 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।