आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निगमका जहाज तथा सवारी साधनमा भ्रमण वर्षको प्रतीक चिह्न

निगमका जहाज तथा सवारी साधनमा भ्रमण वर्षको प्रतीक चिह्न

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आफ्ना जहाज तथा अन्य यातायातका साधनमा भ्रमण वर्षका लागि प्रतीक चिह्न राख्न शुरु गरेको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आफ्ना जहाज तथा अन्य यातायातका साधनमा भ्रमण वर्षका लागि प्रतीक चिह्न राख्न शुरु गरेको छ।

निगमको गत मङ्सिर ५ गते भएको बैठकले सबै जहाज तथा सवारी साधनमा प्रतीक चिह्न राख्ने निर्णय गरेको थियो। त्यसको तीन दिनपछि निगमले विज्ञप्ति जारी गर्दै निगमको निर्णयअनुरुप सम्बन्धित विभागलाई भ्रमण वर्षको प्रतीक चिह्न राख्ने काम तत्काल लागू गर्न निर्देशन दिएको थियो।

सोही निर्णयअनुरुप निगमले सबै सवारी साधनमा भ्रमण वर्षको प्रतीक चिह्न टाँसिसकेको छ। आन्तरिक उडानका सबै आठ जहाजमा प्रतीक चिह्न राख्ने काम भइरहेको निगमका सह–प्रवक्ता सुलेश मिश्रले जानकारी दिए।

उनका अनुसार अन्तर्रा्ष्ट्रिय उडानका जहाजमा पनि भ्रमण वर्षको प्रतीक चिह्न राख्ने प्रक्रिया शुरु भइसकेको छ।

त्यस प्रयोजनका निम्ति नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएर निगमले पाँच दिनअघि ग्लोबल टेन्डर आह्वान गरेको थियो।

सात दिनभित्र आशयपत्र लिएर प्रतीक चिह्न राख्ने काम शुरु गरिनेछ। यो सबै काम अबको १५ दिनभित्र सकिने सह–प्रवक्ता मिश्रले बताए।

शुक्रबारसम्म ६ वटा टेन्डर परेका छन्। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी ए–३३० दुई र न्यारोबडी ए–३२० दुई थान जहाज छन्। भारतका तीनसहित सात देशका नौ गन्तव्यमा निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।

सरकारद्वारा घोषित भ्रमण वर्षलाई अत्यधिक सफल पार्न रणनीतिक कार्य योजनालाई थप परिस्कृत एवम् परिणाममुखी बनाउने निर्णय गरेको निगमले भ्रमण वर्ष २०२० को लक्ष्य र निगमको व्यावसायिक प्रवद्र्धनलाई केन्द्रित गरी डिजिटल मिडिया सेलबाट फेसबुक, ट्विटर, इन्स्ट्राग्राम र युट्युबमा पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री प्रसारण गर्नेछ। रासस

प्रकाशित: Nov 29, 2019| 14:26 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।