आइतबार, साउन ३१, २०८३

नागरिकता र लाईसेन्सको आधारमा मतदान गर्न पाइने

शनिबार (मंसिर १४ गते) हुन लागेको उप निर्वाचनमा मतदाताले नागरिकता, लाइसेन्सलगायतका परिचय पत्रको आधारमा पनि मतदान गर्न पाउने भएका छन्।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं- शनिबार (मंसिर १४ गते) हुन लागेको उप निर्वाचनमा मतदाताले नागरिकता, लाइसेन्सलगायतका परिचय पत्रको आधारमा पनि मतदान गर्न पाउने भएका छन्।

निर्वाचन आयोगका अनुसार मतदाता परिचय पत्र नलिएका, लिएर हराएका वा त्रुटी भएका मतदाताले नेपाल सरकारले जारी गरेका कुनै पनि परिचय पत्रका आधारमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

शुक्रबार निर्वाचन आयोगले एक विज्ञप्ती जारी गरी मतदाता सम्बन्धित निर्वाचन क्षेत्रका मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय पत्र नभएका आधारमा मतदानबाट बञ्चित हुनु नपर्ने जनाएको हो।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन निर्देशिका र स्थानीय तह उपनिर्वाचन निर्देशिका २०७६ बमोजिम ‘सानोतिनो भूलचुक’ मानी अन्य परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ।

मतदाता परिचय पत्र नभएका मतदातालाई मतदान गर्न दिने प्रबन्ध मिलाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृतलाई निर्देशन दिइसकेको जनाइएको छ।

उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा मतदान हुँदैछ। त्यस्तै, प्रदेशअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर–१ ‘ख’ मा मतदान हुँदैछ।

त्यस्तै शनिबार नै स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४२ वडाध्यक्षका लागि पनि मतदान हुँदैछ।

प्रकाशित: Nov 29, 2019| 14:06 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।