आइतबार, साउन ३१, २०८३

सर्लाही जिल्ला अस्पतालमा आगलागी

सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा शुक्रबार आगलागी भएको छ। विद्युत सर्ट भएर अस्पतामा आगलागी भएको बताइएको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

जनकपुरधाम - सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा शुक्रबार आगलागी भएको छ। विद्युत सर्ट भएर अस्पतामा आगलागी भएको बताइएको छ।

आगलागीबाट करिब ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आगलागीबाट अस्पतालको कम्प्युटर, ल्यापटप, फ्रिजलगायताका उपकरणका साथै औषधिसमेत जलेको छ।

अस्पतालको माथिल्लो तल्लाबाट सुरु भएको आगलागी प्रहरी, स्थानीयवासी, अस्पतालका कर्मचारीको प्रयासबाट नियन्त्रणमा लिइएको छ। करिब आधा घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो। मलंगवा नगरपालिका कार्यालयमा दमकल नहुँदा आगलागी नियन्त्रण गर्न समय लागेको थियो।

प्रकाशित: Nov 29, 2019| 13:11 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।