बिहीबार, असार ३२, २०८३

पुरुष भलिबलमा स्वर्ण जित्ने नेपालको सपना अधुरै

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष भलिबलमा उपाधि जित्ने नेपालको सपना भारतले चकानाचुर बनाइदिएको छ। पहिलो खेल बंगलादेशसँग हार्दै सेमिफाइनल प्रवेश सम्भावनालाई कठिन बनाएको नेपाल समूह चरणको अन्तिम खेल भारतलाई सुम्पिँदै प्रतियोगिताबाट बाहिरिएको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमााडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष भलिबलमा उपाधि जित्ने नेपालको सपना भारतले चकानाचुर बनाइदिएको छ। पहिलो खेल बंगलादेशसँग हार्दै सेमिफाइनल प्रवेश सम्भावनालाई कठिन बनाएको नेपाल समूह चरणको अन्तिम खेल भारतलाई सुम्पिँदै प्रतियोगिताबाट बाहिरिएको छ।

नेपाल समूह चरणबाटै बाहिरिँदा यस समूहबाट भारत समूह विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छन्।

शुक्रबार त्रिपुरेश्वरस्थित कवर्डहलमा भएको महत्वपूर्ण खेलमा नेपाल उपाधि दाबेदार भारतसँग सोझो सेटमा पराजित भयो। तीनै सेटमा नेपालले खराब प्रदर्शन गर्‍यो। नेपाल भारतसँग १५-२५, १३-२५ र १६-२५ ले पराजित भयो।

नेपालले पहिलो खेल बंगलादेशसंग निकै प्रतिस्पर्धात्मक खेले पनि जीत दर्ता गर्न नसक्दा सेमिफाइनल यात्रालाई निकै महंगो पर्न गयो।

बंगलादेशसँग नेपालले पहिलो सेट २५-२१ ले जितेको थियो। तर दोस्रो सेट २३-२५ ले गुमायो। फेरी तेस्रो सेट २५-१९ ले आफ्नो पक्षमा पारेको नेपाल चौथो सेटमा २४-२६ले पराजित भयो। अन्तिम सेट पनि नेपालले १२-१५ ले गुमायो।

समूह‘ए’ मा नेपालसहित भारत र बंगलादेश छन्। त्यस्तै समुह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र पाकिस्तान छन्।

प्रकाशित: Nov 29, 2019| 12:41 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।