आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान संशोधनको सहमति कार्यान्वयन गर्ने बेला आयो : उपप्रधानमन्त्री यादव

संविधान संशोधनको सहमति कार्यान्वयन गर्ने बेला आयो : उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने मिसन पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएका छन्।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं- उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने मिसन पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएका छन्।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र संसदीय पत्रकार समाजसँग शुक्रबार भएको संयुक्त पत्रकार भेटमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यादवले सरकारमा जानुपूर्व भएको संविधान संशोधनको सहमति कार्यान्वयन गर्ने बेला आएको बताए।

उनले भने, संविधान संशोधन मुलुकको आवश्यकता हो, प्रदेशलाई कमजोर बनाएर संघीयता बलियो हुँदैन, पार्टीको मुख्य मिसन नै संविधान संशोधन हो।’ उपप्रधानमन्त्री यादवले वार्ताबाटै समस्या समाधान खोज्ने पक्षमा आफूहरु रहेको बताए।

कानून मन्त्रालयको जिम्मेवारी सम्हालेपछि संविधान अनुकूलका कानूनहरु कार्यान्वयन भए/नभएको अध्ययन गर्ने र बाँकी रहेका कानूनहरु सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर बनाइने उनको भनाइ थियो।

उपप्रधानमन्त्री यादवले संक्रमणकालीन न्यायलाई पनि आफूले प्राथमिकतामा राखेको उल्लेख गर्दै ऐन संशोधन गर्ने विषयमा ध्यान दिइने प्रतिबद्धता व्यक्त गरे।

उपप्रधानमन्त्री यादवले यही मङ्सिर ९ गते कानून मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका थिए। समाजवादी पार्टीका अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले यही मङ्सिर ४ गते मन्त्रिपरिषद् पुनःगठन गर्दा स्वास्थ्य तथा जनसङ्ख्याबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका थिए। रासस

प्रकाशित: Nov 29, 2019| 12:03 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।