आइतबार, साउन ३१, २०८३

जनकपुरमा जन्तीलाई स्वागत गरेर फर्किइन् राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी रामजानकी विवाह महोत्सवमा सहभागी भएर काठमाडौं फर्किएकी छिन्।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

जनकपुरधाम – राष्ट्रपति विद्यादेवी भण्डारी रामजानकी विवाह महोत्सवमा सहभागी भएर काठमाडौं फर्किएकी छिन्। शुक्रबार सेनाको हेलिकप्टरमार्फत जनकपुर पुगेकी राष्ट्रपति भण्डारीले भारतको अयोध्याबाट जनकपुर आएका जन्तीहरुको स्वागत गरेकी थिइन्। जनकपुरको बाह्रबिघा मैदानमा आयोजना गरिएको एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले जन्तीहरुको स्वागत गरेकी हुन्।

राष्ट्रपति भण्डारीले अयोध्याबाट आएका जन्तीहरुलाई दोसल्ला र माला लगाएर स्वागत गरेकी थिइन्। सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले स्थानीय मिथिला नाट्यकला परिषद्ले मञ्चन गरेको जानकी लिलासमेत अवलोकन गरेकी थिइन्। राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पूजाअर्चनासमेत गरेकी थिइन्।

जानकी मन्दिरमा करिब २० मिनेटको पूजाअर्चनापछि उनी मुख्यमन्त्री लालबाबु राउतले उनको सम्मानमा आयोजना गरेको दिवा भोजमा सरिक भएकी थिइन्।

राष्ट्रपति भण्डारीलाई जानकी मन्दिरका तर्फबाट उत्तराधिकारी महन्त रामरोशन दास, जनकपुर उपमहानगरपालिकाका तर्फबाट नगर प्रमुख लालकिशोर साह, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को तर्फबाट अध्यक्ष शालीग्राम सिंह र जनकपुर उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष ललितकुमार साहले सम्मान गरेका थिए।

उक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवसहित प्रदेशसभाका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

हरेक पाँच वर्षपछि रामजानकी विवाह महोत्सवमा विशेष जन्ती सहभागी हुने परम्पराअनुसार यस पटक अयोध्याबाट पाँच सयभन्दा बढी विशिष्ठ साधुसन्तहरु जन्तीको रुपमा जनकपुर पुगेका छन्।

प्रकाशित: Nov 29, 2019| 11:42 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।