आइतबार, साउन ३१, २०८३

बलात्कारको आरोप लागेका कृष्णदास पक्राउ

प्रहरीले बलात्कारको आरोप लागेका जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई पक्राउ गरेको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

सुनसरी- प्रहरीले बलात्कारको आरोप लागेका जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई पक्राउ गरेको छ।

जिल्ला अदालत सुनसरीले शुक्रबार पक्राउको अनुमति दिएपछि प्रहरीले शुक्रबार नै गिरीलाई पक्राउ गरेको हो।

बलात्कार प्रयासको उजुरी शुक्रबार नै जिल्ला प्रहरी कार्यालय सुनसरीले दर्ता गरेको थियो।

गिरीमाथि एक महिलालाई बलात्कार गरेको आरोप लागे पनि यसअघि प्रहरीले उजुरी लिन मानेको थिएन।

जिल्ला प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिलाले केन्द्रीय अनुसन्धान व्युरोमा उजुरी दिएकी थिइन्।

त्यसरी प्रहरीले उजुरी जिल्लामा नै फर्काएको थियो। गिरीमाथि गत कार्तिक ४ गते आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ।

प्रकाशित: Nov 29, 2019| 11:34 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।