आइतबार, साउन ३१, २०८३

कृषिलाई उद्यमशिलतासँग जोडौंः मन्त्री भुसाल

 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं । नवनियुक्त कृषि विकास तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले कृषिलाई उद्यमशिलतासँग जोड्न नसकेसम्म मुलुकको कृषि क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न वस्तुगत संघहरुको संयुक्त प्रतिनिधि मण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफै विकसित हुन सक्दैन । कृषिलाई विकसित गर्ने भनेको आधुनिकीकरण, यान्त्रीकरण, व्यवसायीकरण जे भने पनि मेरो प्रयत्न कृषिलाई उद्यमसँग गाँस्ने नै हो ।’

कृषिलाई उद्यमशीलतासँग जोड्ने सोच बनाएर मन्त्रालयको जिम्मेवारीमा आएको भन्दै उनले भने, ‘अहिलेको कृषिले चल्दैन, केही फेरबदल गर्न जरुरी छ । कृषि भनेको हलोमात्रै जोत्ने भन्यौं, हाम्रो बीचमा ठूलो ग्याप रह्यो । हाम्रा योजना, सोच र काम गर्ने शैलीमा कृषिलाई उद्यमसँग गाँस्न सकिएन भने कृषि आफै विकसित हुन सक्दैन । गाँस्न सकिएन भने कृषि आफै विकसित हुन सक्नैन ।’

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरु विशेष गरी स्थानीयस्तरमा कृषि र यसको उत्पादनसँग जोडिएको भन्दै यस्ता उद्योगी र गाउँघरमा कृषि कर्म गर्ने किसानहरुको हितमा राज्यको नीति केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रकाशित: Nov 29, 2019| 06:26 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।