आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुर आइपुगिन् राष्ट्रपति भण्डारी, मुख्यमन्त्री राउतको दिवाभोजमा सहभागी हुने

जनकपुर आइपुगिन् राष्ट्रपति भण्डारी, मुख्यमन्त्री राउतको दिवाभोजमा सहभागी हुने

 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

जनकपुर– राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आइपुगेकी छन् । रामजानकी विवाहोत्सवमा सहभागी हुन राष्ट्रपति भण्डारी हेलिकप्ट चढेर जनकपुर आएकी हुन् ।

भण्डारीले जानकी मन्दिर पुगेर पूजाअर्चना गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए। जानकी मन्दिरमा करिब आधा घण्टा पूजापछि उनी मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवाभोजमा सरिक हुने उनको कार्यक्रम छ।

मुख्यमन्त्री राउतले राष्ट्रपति भण्डारीको सम्मानमा आफ्नै निवासमा दिवाभोज राखेका छन्। मुख्यमन्त्रीले आयोजना गरेको दिवाभोजपछि भण्डारीको रामजानकी विवाहोत्सव कार्यक्रमअन्तर्गत रंगभूमि मैदानमा सहभागी हुने कार्यक्रम छ।

रंगभूमि मैदान पुगेर राष्ट्रपति भण्डारीले भारको अयोध्याबाट विवाहोत्सवमा सहभागी हुन आएका जन्तीहरुलाई औपचारिक रुपमा स्वागत गर्ने कार्यक्रम तय भएको छ। केहीबेर सांस्कृतिक कार्यक्रममा सहभागी भइसकेपछि उनी आजै काठमाडौं फर्कने बताइएको छ।

 

प्रकाशित: Nov 29, 2019| 06:02 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।