मंगलबार, चैत १०, २०८२

सागको मार्चपासमा पारसले नेपाली झण्डा बोक्ने !

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मार्चपासमा नेपालको राष्ट्रिय झण्डा बोक्नका लागि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको नाम सिफारिस भएको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मार्चपासमा नेपालको राष्ट्रिय झण्डा बोक्नका लागि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको नाम सिफारिस भएको छ।

National life

सागको प्राविधिक उपसमितिले मंसिर १५ गते उद्घाटन सत्रमा गरिने मार्चपासमा नेपालका तर्फबाट राष्ट्रिय झण्डा बोक्नका लागि पारसको नाम समारोह उपसमितिलाई सिफारिस गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर १५ गते (आगामी आइतबार) राजधानीको दशरथ रंगशालामा प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ।

उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्चपास हुनेछ।

यसअघि १२ औं सागमा भएको मार्चपासमा पौडी खेलाडी श्रितिका सिंहले नेपालको झण्डा बोकेकी थिइन्।

Laxmi sunrise bank
kumari

प्रतियोगितामा भाग लिन भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, भुटान र श्रीलंकाका करिब पाँच हजार खेलाडी, प्रशिक्षक र अफिसियल कर्मचारी राजधानी आउने क्रम सुरु भइसकेको छ।

काठमाडौं, पोखरा र जनकपुरमा हुने प्रतियोगिता मंसिर २४ गतेसम्म चल्नेछ।

प्रकाशित: Nov 29, 2019| 05:33 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।