बिहीबार, जेठ २१, २०८३

कर्णालीमा हिमपात, जनजीवन कष्टकर

कर्णालीका चार जिल्लामा बिहीबार राति हिमपात भएको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

देव राना

देव राना

शुक्रबार, मंसिर १३, २०७६

सुर्खेत- कर्णालीका चार जिल्लामा बिहीबार राति हिमपात भएको छ।

National life

हिमाली जिल्ला डोल्पा, हुम्ला, मुगु र जुम्लामा हिमपात भएको हो। हुम्लामा सबैभन्दा धेरै हिमपात भएको छ। त्यहाँ बिहीबार रातिदेखि शुक्रबार बिहान ८ बजेसम्म हिमपात भएको हाे। सदरमुकाम सिमकोट र आसपासका डाँडा हिउँले ढाकिएका छन्। यस्तै, रलिङ, पंचमुखी, चाङला हिमालमा पनि हिउँ परेको छ। 

हिमपातका कारण त्यस क्षेत्रमा चिसो बढेको छ। हुम्लामा तापक्रम घटेर माइनस ३ डिग्री पुगेको छ। हुम्लाकी प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले हिमपातपछि बादल लाग्दा चिसो बढेको बताइन्। चिसोका कारण यस क्षेत्रको जनजीवन कष्टकर भएको उनको भनाइ छ।

यस्तै, डोल्पा, जुम्ला र मुगुमा पनि हिमपात भएको त्यहाँस्थित जिल्ला प्रहरी कार्यालयले जनाएका छन्। जिल्ला प्रहरी कार्यालय, जुम्लाका डिएसपी लालबहादुर धामीले जिल्लाका डाँडामा हिमपात भएको बताए।

हरेक वर्ष वर्षा भएपछि हिउँ पर्ने गरेको भए पनि यस वर्ष भने त्यसअगावै हिउँ परेको स्थानीयले बताएका छन्।

Shivam cement

प्रकाशित: Nov 29, 2019| 04:29 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।