आइतबार, साउन २४, २०८३

स्थानीय तहका विद्यालयमा प्राविधिक शिक्षा विस्तार गरिँदै

 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं– सरकारले प्राविधिक शिक्षाको पहुँच नपुगेका दुर्गम, विपन्न, पिछडिएका एवं लोपोन्मुख वर्गलाई लक्षित गरी देशभरका १६२ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्ने तयारी सरकारले गरेको छ ।

चालू आर्थिक वर्षभित्रै ती विद्यालयमा प्राविधिक शिक्षा विस्तार गर्न शिक्षा मन्त्रालयले १६ करोड रुपैयाँ विनियोजन गरेको छ । छनोट भएका विद्यालयमा टीएसएलसी र डिप्लोमा तहको प्राविधिक तथा व्यावसायिक शिक्षा शुरु गर्ने योजना छ ।

सो रकम विनियोजन गरेको हो । टीएसएलसी १८ महिने र डिप्लोमा ३ वर्षे हुनेछ । यसका लागि प्रतिविद्यालय १० लाख रुपैयाँका दरले बजेट छुट्याइएको छ ।

१६२ वटा विद्यालय थपिएसँगै अब प्राविधिक शिक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालयको संख्या ५५९ पुगेको छ ।

प्रकाशित: Nov 29, 2019| 04:31 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्