बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पुरुष भलिबलमा नेपाल र भारतको प्रतिस्पर्धा आज, नेपाललाई जित्नै पर्ने दबाब

पुरुष भलिबलमा नेपाल र भारतको प्रतिस्पर्धा आज, नेपाललाई जित्नै पर्ने दबाब

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा नेपालले दक्षिण एसियाको पावर हाउस मानिने भारतको आज (शुक्रबार) सामना गर्दैछ।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा नेपालले दक्षिण एसियाको पावर हाउस मानिने भारतको आज (शुक्रबार) सामना गर्दैछ।

नेपालले प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेल भारतसँग खेल्न लागेको हो। खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ।

नेपाललाई सेमिफाइनलको आशा जिवितै राख्न भारतसँगको खेल जित्नै पर्ने दबाब छ। तर, नेपाललाई खेल जित्न सजिलो छैन। किनकि नेपाल भारतसँग लगातार पराजित भइरहेको छ। सागको तयारीका लागि भारतसँगका तीन मैत्रीपूर्ण खेलमा पनि नेपाल सोझो सेटमै पराजित भएको थियो।

जारी प्रतियोगितामा नेपालको सुरुवात सुखद हुन सकेन। प्रतियोगिताको उद्घाटन खेलमा नेपाल बंगलादेशसँग ३–२ले पराजित भयो।

भारत भने प्रतियोगिताको पहिलो खेल खेल्दैछ।

आजै हुने समूह ‘बी’को खेलमा श्रीलंका र माल्दिभ्स राति ७ बजे प्रतिस्पर्धा गर्दैछन्।

 

 

प्रकाशित: Nov 29, 2019| 01:56 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।