आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जंगली हात्तीको आक्रमणबाट सामुदायिक वनका कर्मचारीको मृत्यु

जंगली हात्तीको आक्रमणबाट सामुदायिक वनका कर्मचारीको मृत्यु

जंगली हात्तीको आक्रमणबाट सामुदायिक वनका कर्मचारीको ज्यान गएको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

झापा- जंगली हात्तीको आक्रमणबाट सामुदायिक वनका कर्मचारीको ज्यान गएको छ।

हात्तीको आक्रमणमा परी पाथीभरा सामुदायिक वनका कार्यालय सहयोगी ५५ वर्षीय काया राय क्षेत्रीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार साँझ ७ बजे बनियानी बजारबाट घरतर्फ जाँदै गरेको अवस्थामा हात्तीले उनलाई सुँडले उचालेर पछारेका थिए ।

क्षेत्रीको शव परीक्षणका लागि भद्रपुरस्थित मेची अस्पतालपठाएको प्रहरीले जनाएको छ।

पछिल्लो समय कचनवलमा जंगली हात्ती पस्न थालेपछि स्थानीय त्रसित छन्।

प्रकाशित: Nov 29, 2019| 01:27 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।