बिहीबार, असार ३२, २०८३

फिफा वरीयतामा नेपाल तीन स्थान तल

विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा नेपाल तीन स्थान तल झरेको छ। बिहीबार सार्वजनिक नयाँ वरीयताअनुसार नेपाल अहिले फिफा वरीयताको १७० औं स्थानमा छ।
 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं - विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा नेपाल तीन स्थान तल झरेको छ। बिहीबार सार्वजनिक नयाँ वरीयताअनुसार नेपाल अहिले फिफा वरीयताको १७० औं स्थानमा छ।

यसअघि नेपाल १६७ स्थानमा थियो। विश्वकप छनोट र उमेर समूहको फुटबलमा राम्रो नतिजा निकाल्न नसक्दा फिफा वरीयतामा नेपालको स्थान खस्किएको हो।

दक्षिण एसियामा नेपालभन्दा माथि माल्दिभ्स १५५ औं स्थानमा, अफगानिस्तान १४९ औं स्थानमा र भारत १०८ औं स्थानमा छन्। दक्षिण एसियामा सबैभन्दा माथिल्लो स्थानमा भारत छ।

फिफा वरीयतामा बेल्जियम पहिलो स्थानमा कायमै छ। फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन्।

 

प्रकाशित: Nov 28, 2019| 13:14 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।