बिहीबार, असार ३२, २०८३

'एभिसी' उपाधि विजेता नेपाल 'साग' मा भारतसामू निरीह

१३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले पहिलो हार व्यहोरेको छ। त्रिपुरेश्वरस्थित कवर्डहलमा सम्पन्न खेलमा नेपाल उपाधि दाबेदार भारतसँग सोझो सेटमा पराजित हुन पुग्यो।
 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले पहिलो हार व्यहोरेको छ। त्रिपुरेश्वरस्थित कवर्डहलमा सम्पन्न खेलमा नेपाल उपाधि दाबेदार भारतसँग सोझो सेटमा पराजित हुन पुग्यो।

नेपाल भारतसँग २४–२६, १२-२५ र १६-२५ ले पराजित भयो।

पहिलो सेट निकै प्रतिस्पार्धात्मक भएपनि त्यसपछिका सेटमा नेपाली चेलीहरुले गतिलो खेल प्रदर्शन गर्न सकेनन्।

अघिल्लो खेलमा नेपालले बंगलादेशलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको थियो। केहि साता अघि बंगलादेशमा सम्पन्न एभिसी प्रतियोगिताको उपाधि हात पारेको नेपाल भारतविरुद्धको खेलमा उच्च मनोबलमा उत्रिए पनि निरीह बन्न पुग्यो।

तीन टोली रहेको समुह ‘ए’ मा नेपालले दुई खेल तथा भारतले एक खेलबाट समान तीन/तीन अंक जोडेका छन्।

बुधबार बंगलादेशविरुद्ध नेपालले २५–९, २५–९ र २५–११ को सहज जीत दर्ता गरेको थियो।

यसअघि पनि नेपाल र भारत सागमा दुईपटक भिडेका थिए। दुवै खेल भारतले जितेको थियो।

समुह ‘ए’ नेपालसंगै भारत र बंगलादेश छन् भने समुह ‘बी’मा पाकिस्तान, माल्दिभ्स र श्रीलंका छन्।

प्रकाशित: Nov 28, 2019| 12:39 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।