आइतबार, साउन ३१, २०८३

सिडिओ र एसपीकै अगाडि बम विस्फोट

मंसिर १४ गते हुन लागेको उप निर्वाचनमा नेकपाको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदार बनेका विक्रम यादवको वडा नं ४ मा रहेको घरमा बम विस्फोट भएको हो।
 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

महोत्तरी- महोत्तरीको पिपरा गाउँपालिकामा बम विस्फोट भएको छ। मंसिर १४ गते हुन लागेको उप निर्वाचनमा नेकपाको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदार बनेका विक्रम यादवको वडा नं ४ मा रहेको घरमा बम विस्फोट भएको हो।

बम विस्फोटको समयमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा सशस्त्र प्रहरीका एसपीलगायत सोही ठाउँमा रहेका थिए। उपनिर्वाचनको मौन अवधि सुरु भएपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको टोली अनुगमनमा पुगेको थियो।

अनुगमन टोली उम्मेदवार यादवको घरमा पुगकै समयमा कुकर बम विस्फोट भएको हो। बिस्फोटबाट कुनै मानवीय क्षति भएको छैन। यादवको घरको पर्खाल भत्किएको छ भने बम विस्फोट कसले गरायो भन्नेबारे पनि खुल्न सकेको छैन।

कुकर बम विस्फोट भएको पुष्टि गर्दै महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

प्रकाशित: Nov 28, 2019| 11:32 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।