आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिजनेस नहुँदा सुदूरपश्चिम प्रदेशसभा सञ्चालन हुन सकेन

बिजनेस नहुँदा सुदूरपश्चिम प्रदेशसभा सञ्चालन हुन सकेन

 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

धनगढी- सुदूरपश्चिम प्रदेशको बर्खे अधिवेशन सकिएको तीन महिना बित्दा पनि प्रदेशसभा सञ्चालन हुन सकेको छैन।

सभा सञ्चालनका लागि बिजनेस नरहेकाले हिउँदे अधिवेशन सुरु गर्न नसकिएको हो। प्रदेशसभाको बर्खे अधिवेशन भदौ १ गते सकिएको थियो।

मुख्यमन्त्रीसँग सभा छिट्टै सञ्चालन गर्न आग्रह गरे पनि सरकारले चासो नदेखाएको प्रमुख प्रतिपक्ष दल कांग्रेस आरोप छ। सता पक्षका सांसदहरुले भने सभा सञ्चालनसम्बन्धी छलफल नभएको बताएका छन्। प्रदेश सरकारले काम दिन नसक्दा प्रदेशसभा बैठक बस्न नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।

सरकारले बिजनेस दिन ढिलाइ गर्दा अधिवेशन अन्योलमा परेको सत्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले बताए।

कांग्रेसले पनि सरकारलाई संसद् सञ्चालन गर्न दबाब दिइरहेको छ। संसदीय दलका नेता डा. रणबहादुर रावलले मुख्यमन्त्रीलाई भेटेर संसद् सञ्चालनका लागि पटकपटक आग्रह गरेको बताए।

सरकारको पत्र नआएकाले प्रदेश सभा बैठक कहिले सञ्चालन हुन्छ भन्नेबारे जानकारी नभएको प्रदेश सभा सचिवालयका प्रवक्ता सिद्धराज चटौतले बताए।

प्रदेश सभा प्रविधिमैत्री बनाइँदै

सुदूरपश्चिम प्रदेश सभा व्यवस्थित बनाउने तयारी सुरु भएको छ। प्रदेश सभामा सभामुखको टेबुल, रोस्ट्रम र प्रदेश सभा सदस्यका टेबुलमा रहेका पुराना माइक परिवर्तन गरिएको छ।

सभामुख आसनपछाडि डिजिटल मोनिटर राखिएको छ। सभाका हरेक गतिविधि भिडियो रेकर्डिङका लागि अगाडि र पछाडि दुईवटा क्यामेरा जडान गरिएको छ।

प्रदेश सभाका चारवटै विषयगत समितिहरुले प्रयोग गर्ने गरी नयाँ बैठक कक्ष बनाउन लागिएको छ।

नौवटै जिल्लाका समन्वय समितिका संयोजकसँग कानुन निर्माण तथा दैवी प्रकोपका बेला भिडियो प्रणालीबाट प्रत्यक्ष कुराकानी गर्न सक्ने व्यवस्थासहित प्रदेश सभा सचिवालयभित्र कक्ष स्थापना गर्न लागिएको छ ।

प्रकाशित: Nov 28, 2019| 10:18 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।