बिहीबार, असार ३२, २०८३

'साग'मा १९ हजार सुरक्षाकर्मी

१३ औं दक्षिण एसियाली खेलकुद (साग)लाई व्यवस्थित र प्रभावकारी बनाउन सुरक्षा व्यवस्थालाई चुस्त बनाइनुका साथै सवारीसाधन सञ्चालनमा विशेष ध्यान दिइने भएको छ।
 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग)लाई व्यवस्थित र प्रभावकारी बनाउन सुरक्षा व्यवस्थालाई चुस्त बनाइनुका साथै सवारीसाधन सञ्चालनमा विशेष ध्यान दिइने भएको छ।

साग सुरक्षाका लागि करिब १९ हजार सुरक्षाकर्मीसमेत परिचालन गरिने भएको छ। सागको प्रचार समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १८ हजार ९ सय ३३ सुरक्षकर्मी परिचालन हुने जानकारी दिए। प्रतियोगितामा सहभागी खेलाडी, खेलमैदान र होटेलहरूको सुरक्षा व्यवस्था कडा बनाइने खनालले बताए।

यस्तै ट्राफिक प्रहरीले चक्रपथभित्र मंसिर १५ र २४ गते जोरबिजोर प्रणाली लागू गर्ने भएको छ। साग उद्घाटनको दिन मसिंर १५ गते बिजोर संख्याको सवारी चलाउनु पर्नेछ भने मंसिर २४ अर्थात समापनको दिन जोर संख्याका सवारी चलाउनु पर्ने छ।

यस्तै सागको समयमा पुराना गाडी नचलाउन ट्राफिक प्रहरीले अनुरोध पनि गरेको छ। ठूला सवारी साधनहरुलाई चक्रपथभित्र सञ्चालन गर्न रोक लगाइने भएको छ भने सकभर बैकल्पिक बाटोको प्रयोग गर्न ट्राफिकले अनुरोध गरेको छ। सागमा प्रयोग हुने सवारी साधानको पार्किङका लागि भने टुडिखेलमा व्यवस्था गरिएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन आइतबार भएपनि सागको भलिबल खेल बुधबारबाटै सुरु भइसकेको छ।

 

प्रकाशित: Nov 28, 2019| 09:31 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।