आइतबार, साउन ३१, २०८३

एसिड बिक्रीमा नियमन गर्न एम्नेस्टीको अभियान

हरेक वर्ष सञ्चालन हुने एम्नस्टी इन्टरनेसनलको पत्र लेखन अभियानमा एम्नेस्टीका संसारभरका सदस्य र समर्थकले अधिकार उल्लङ्घनमा परेका वा अधिकार उल्लङ्घनको जोखिममा रहेकाका लागि पत्र लेख्ने गर्दछन्।
 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं : एम्नेस्टी इन्टरनेसनल नेपालले आजदेखि आफ्नो विश्वव्यापी अभियान राइट फर राइट्स २०१९ सुरु गरेको छ।

एम्नेस्टी नेपालका सदस्य र समर्थकहरूले एम्नेस्टी नेपालको "महिला हिंसाविरूद्धको अभियान" अन्तर्गत सन् २०१७ मा नेपालको सर्वोच्च अदालतद्वारा एसिडको बेचबिखन नियमन गर्नू भनी जारी आदेश कार्यान्वयन गर्न नेपाल सरकारलाई माग गर्दै पत्रहरू लेख्नेछन्।

सङ्कलित पत्र गृहमन्त्री रामबहादुर थापालाई बुझाइनेछ।

"नेपालमा महिला र युवतीलाई विशेष रूपमा लक्षित गरी हुने एसिड आक्रमणका घटनाहरू बढ्दोछन्। सरकारले यसलाई गम्भीर रूपमा लिई बजारमा सहजै उपलब्ध हुने एसिडको बिक्री वितरणलाई नियमन गर्नु पहिलो उचित कदम हुन सक्दछ", एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने।

राइट फर राइट्स् २०१९ का क्रममा एम्नेस्टी इन्टरनेसनलका समर्थकहरूले क्यानाडा, चीन, इजिप्ट, ग्रीस, इरान, मेक्सिको, नाइजेरिया, फिलिपिन्स र दक्षिण सुडानका युवा मानवअधिकार रक्षकहरूप्रति ऐक्यबद्धता जनाउनेछन्।

एम्नेस्टी इन्टरनेसनल नेपालले यस वर्ष ६ जना युवा मानवअधिकार रक्षकहरूका लागि अभियान सञ्चालन गर्नेछ।

जबर्जस्तीपूर्वक घुम्टो लगाउनुपर्ने इरानको कानुनलाई विरोध गरेका कारण १६ वर्ष जेल सजाय सुनाइएकी इरानी युवा अभियन्ता यासमान अर्यानी, शरणार्थीलाई उद्धार गर्ने काम गरेबापत ग्रिक अधिकारीहरूद्वारा मानव तस्करी गरेको आरोपमा २५ वर्ष जेल सजायको अभियोग लगाइएका मानवीय उद्धारकर्ताहरू सारा मार्दिनी र सियान बिन्दर, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनविपरीत बाल्य अवस्थामै मृत्युदण्डको सजाय सुनाइएका दक्षिण सुडानका १७ वर्षीय मागाइ मातिप ङोङ्ग लगायतका मानवअधिकार रक्षकहरूका पक्षमा एम्नेस्टी नेपालले अभियान सञ्चानल गर्नेछ।

हरेक वर्ष सञ्चालन हुने एम्नस्टी इन्टरनेसनलको पत्र लेखन अभियानमा एम्नेस्टीका संसारभरका सदस्य र समर्थकले अधिकार उल्लङ्घनमा परेका वा अधिकार उल्लङ्घनको जोखिममा रहेकाका लागि पत्र लेख्ने गर्दछन्। राइट फर राइट्स् अभियान पुस ४ सम्म चल्नेछ।

प्रकाशित: Nov 28, 2019| 09:24 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।