बिहीबार, असार ३२, २०८३

साग फुटबलमा नेपालको पहिलो प्रतिस्पर्धी भुटान, भारत नआउने

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपालले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं- दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपालले पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

भारतले सहभागिता नजनाउने भएपछि परिवर्तित खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा भुटानसँग प्रतिपस्र्धा गर्ने भएको हो।
बिहीबार अखिल नेपाल फुटबल संघले नयाँ खेल तालिका सार्वजनिक गरेको छ।

फुटबलमा भारत, पाकिस्तान र अफगानिस्तान सहभागी नहुने भएका छन्। अब नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटानले मात्रै सहभागिता जनाउने पक्का भएको छ। प्रतियोगिता राउण्डरोविन लिगका आधारमा हुने छ।

दशरथ रंगशालामा डिसेम्बर ३ मा नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग दिउँसो १ बजे प्रतिस्पर्धा गर्नेछ। त्यसपछि नेपालले चार तारिखमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले तेस्रो खेल माल्दिभ्सविरुद्ध ६ डिसेम्बरमा खेल्नेछ। लिगको अन्तिम खेलमा नेपालले आठ तारिखमा बंगलादेशसँग खेल्नेछ।

फुटबलको उद्घाटन खेल भने डिसेम्बर २ मा बंगलादेश र भुटानबीच दिउँसो १ बजे हुनेछ। त्यही दिन दिउँसो ५ बजे माल्दिभ्स र श्रीलंका भिड्नेछन्।

यसअघिको खेल तालिकामा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने योजना थियो। भारतले अन्तिम समयमा नआउने बताएपछि फुटबलको खेल तालिका परिवर्तन भएको हो।

प्रकाशित: Nov 28, 2019| 09:14 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।