बिहीबार, असार ३२, २०८३

महिला भलिबलमा भारतको सामना गर्दै नेपाल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपालले आज (बिहिबार) भारतको सामना गर्दैछ।
 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपालले आज (बिहिबार) भारतको सामना गर्दैछ।

समूह चरणको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै दाबेदार मानिएको भारतसँग खेल्न लागेको हो। खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ।

नेपाल जसरी पनि आजको खेल जित्ने लक्ष्यमा छ। तर, भारतविरुद्धको खेल जित्न त्यति सहज छैन।

महिला भलिबलमा भारत नेपालभन्दा बलियो टिम मानिन्छ। यसअघि नेपालमै भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा भारतले नेपाललाई सहजै पराजित गर्दै उपाधि जितेको थियो। त्यसकारण नेपाललाई आजको खेल जित्न चुनौती देखिन्छ। तर, प्रतियोगिताको पहिलो खेल जितेकाले नेपालको मनोबल उच्च छ। उक्त खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको थियो।

भारत भने प्रतियोगिताअन्तर्गत पहिलो खेल खेल्दैछ। त्यसकारण भारतलाई पनि खेल जित्न दबाब छ। 

नेपाल समूह ‘ए’ मा छ। यो समूहमा भारत र बंगलादेश छन्।

प्रकाशित: Nov 28, 2019| 03:20 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।