बिहीबार, असार ३२, २०८३

१३ औं साग : पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको उद्घाटन खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।
 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको उद्घाटन खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपालले बंगलादेशलाई २-३ को नतिजा सुम्पियो। पहिलो सेट २५-२१ ले जितेको नेपालले दोस्रो सेट २३-२५ले गुमायो । तेस्रो सेट नेपालले २५-१९ ले आफ्नो पक्षमा पार्याे। निकै प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा नेपाल २४-२६ ले पराजित भयो । १५ अंकमा निर्णय हुने पाँचौं सेटमा नेपाल १२-१५ ले पराजित भयो।

जितसँगै बंगलादेशले २ अंक पायो। नेपालले भने १ अंकमा चित्त बुझाउनुपर्यो। पाँचौं सेटसम्म पुगेकाले नेपालले उक्त अंक पाएको हो।

पुरुष भलिबलमा नेपाल समूह ‘ए’ मा छ। उक्त समूहमा भारत र बंगलादेश छन्। समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन्।

साग मंसिर १५ मा उद्घाटन हुने भए पनि भलिबल खेल भने बुधबार सुरु भएको हो। प्रतियोगिताअन्तर्गत यसअघि भएको महिला भलिबलमा भने नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।

 

प्रकाशित: Nov 28, 2019| 01:47 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।