आइतबार, साउन ३१, २०८३

सिखर्पा र ढुंगेमा क्रसर आतंक : वन र बस्ती छियाछिया

राजधानीबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज विभिन्न विषयलाई प्रमुख पृष्ठमा स्थान दिएका छन्।
 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं– राजधानीबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज विभिन्न विषयलाई प्रमुख पृष्ठमा स्थान दिएका छन्।

नयाँ पत्रिका दैनिकले प्रधानमन्त्रीको स्वास्थ्य सुधारसम्बन्धी समाचारलाई मुख्य बनाएको छ। ‘जोखिमबाट सुधारतर्फ प्रधानमन्त्री’ शीर्षकको समाचार भनिएको छ, “प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएको अर्काे जटिल चुनौतीको सामना गरेका छन्। मिर्गाैला रोगको उपचार गराइरहेका उनको पेटमा संक्रमण फैलिएकाले जीवन जोखिममा परेको थियो। तर, डाक्टर समूहले छोटो समयमा उचित निर्णय गर्दा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ।”

सोही दैनिकमा अर्घाखाँची बस दुर्घटनाको समाचारलाई पनि दुई कोलम स्थान दिइएको छ। समाचार अनुसार सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागि छुटेको बस बुधबार बेलुका सन्धिखर्क–६ नरपानीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। १७ घाइते भएका छन्।

यस्तै, सोही दैनिकले ‘सरकार र मेडिकल कलेजको सहमति विद्यार्थीद्वारा अस्वीकार’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। समाचारमा भनिएको छ, “आन्दोलनरत विद्यार्थीका प्रतिनिधि सहभागी नगराई सरकारले मंगलबार राति मेडिकल कलेज सञ्चालकहरूसँग गरेको निर्णयले चिकित्सा शिक्षामा थप समस्या जन्माएको छ। कलेजहरूले बढी उठाएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीले शिक्षामन्त्री र कलेज सञ्चालकबीच भएको निर्णय अस्वीकार गरेका छन्।”

यस्तै, ‘साग सुरक्षामा साढे १९ हजार सुरक्षाकर्मी’ शीर्षकको समाचार पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमै प्रकाशित छ।

नागरिक दैनिकले ललितपुरको गोदावरी नगरपालिकामा प्राकृतिक सम्पदामाथिको दोहनको समाचारलाई प्रमुख पृष्ठमा स्थान दिएको छ। ‘सिखर्पा र ढुंगेमा क्रसर आतंक : वन र बस्ती छियाछिया’ शीर्षकको समाचार प्रकाशित गरेको छ।

यस्तै, सोही दैनिकले प्रधानमन्त्रीको स्वास्थ्य सुधार र अर्घाखाँची बस दुर्घटनाको समाचारलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ।

नागरिकले ‘दुर्गादेवीमाथि डिजिटल हिंसा’ शीर्षकको समाचारलाई ‘एन्कर’ बनाएको छ।

कारोबार दैनिकले भने जग्गा प्राप्ति समयमै नहुँदा धरहरा निर्माणमा ढिलाइ’ शीर्षकको समाचारलाई पहिलो पृष्ठमा स्थानमा दिएको छ।

यस्तै, सोही दैनिकले ‘विराटनगर र भैरहवासम्म ‘बल्क कार्गाे’ सञ्चालन गरिने’ शीर्षकको समाचार पनि पहिलो पेजमै प्रकाशित गरेको छ। ‘इन्डो

प्यासिफिक क्षेत्रको ऊर्जामा अमेरिकी लगानी’ शीर्षकको समाचार पनि कारोबारमा प्रकाशित छ।

 

प्रकाशित: Nov 28, 2019| 00:56 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।