आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाविरुद्ध खनिए प्रचण्ड, विश्वप्रकाशले दिए ट्विटरबाट जवाफ

देउवाविरुद्ध खनिए प्रचण्ड, विश्वप्रकाशले दिए ट्विटरबाट जवाफ

उपनिर्वाचन प्रचारप्रसारको अन्तिम दिन बुधबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल दिनभर व्यस्त रहे।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं- उपनिर्वाचन प्रचारप्रसारको अन्तिम दिन बुधबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल दिनभर व्यस्त रहे।

प्रचण्डले बुधबार एकैदिन पोखरा र धरानमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्न भ्याए। दुवै ठाउँका सभालाई सम्बोधन गर्न प्रचण्ड हेलिकप्टरमा पुगेको बताइएको छ।

दुवै सभामा प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध खनिए।

पोखरामा दिउँसो आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाले ठाडै झुटो बोलेको आरोप लगाए। ‘देउवाजीले यहाँ पोखरामा ठाडै झेटो बोल्नुभो। हत्केलाले सूर्य छेक्न खोजेको नाटक गर्नुभो।

विद्या भट्टराईको जित सुनिश्चित गरिदिनुभो,’ प्रचण्डले भने। देउवाको भाषणप्रति लक्षित गर्दै उनले थपे, ‘के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो मलाई त सुन्न पनि लाज लाग्यो।’

कास्की–२ का कांग्रेस उम्मेदवार खेमराज पौडेललाई वृद्धाश्रम जाने उमेरमा भोट माग्न हिँडेको टिप्पणी प्रचण्डले गरे। ‘हाम्रा प्रधानमन्त्रीलाई बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७० वर्षका बूढालाई उम्मेदवार बनाएका छन्। देवघाटतिर जानुपर्ने मान्छेलाई, ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्षको जवानलाई अब आराम गर्नुपर्छ भन्न मिल्छ त ? उनले भने।

पोखराबाट प्रचण्ड हेलिकप्टर चढेर धरान पुगे। प्रचण्डले त्यहाँ आयोजित सभामा पनि कांग्रेस लक्षित टिप्पणी गर्न बाँकी राखेनन्। सभालाई सम्बोधन गर्दै प्रचण्डले अरुलाई गालीमात्र गर्ने कांग्रेसले आफूलाई सुधार नगरे बत्ती बालेर खोज्नुुपर्ने दिन आउने बताए।

‘यही रवैया हो भने एक दिन कांग्रेसलाई बत्ती बालेर खोज्नुपर्ने दिन आउन सक्छ,’ उनले भने। अरुको होइन आफ्नै चिन्ता लिन पनि कांग्रेसलाई उनले आग्रह गरे।

आफू र नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीप्रति कांग्रेसका नेताहरुले गरेको टिप्पणीप्रति प्रचण्डले आक्रोश पाखे। उनले भने, ‘मलाई कांग्रेसले प्रधानमन्त्रीको पद दिएर लोभ्याउन खोजेको हो। तर, कांग्रेसको मुख्य उद्देश्य कम्युनिष्ट एकता नहोस् भन्ने रहेछ।’ देश समुन्नत होस् भन्ने पक्षमा कांग्रेस नरहेको आरोप पनि प्रचण्डले लगाए।

सभापति देउवाले सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओली राष्ट्रवादी नेता नभएको, भारतले नयाँ नक्सा उनीसँग सल्लाह गरेरै छापेको र कालापानी मामलामा ओली लम्पसारवादी भएको अभिव्यक्ति दिएका थिए।

ट्विटरबाट प्रवक्ताको जवाफ

प्रचण्डले कांग्रेस र सभापति देउवा लक्षित भाषण गरेपछि त्यसको जवाफ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरबाट दिए।

पोखरामा प्रचण्डको भाषण सकिएलगत्तै शर्माले ‘प्रचण्ड’ले आफ्नो उमेर र उचाइलाई नसुहाउने टिप्पणी गरेको बताए। पोखरामा आयोजित चुनावी सभामा प्रचण्डले कांग्रेस उम्मेदवार खेमराज पौडेलप्रति लक्षित गर्दै गरेको टिप्पणीमा प्रतिक्रिया दिँदै शर्माले यस्तो बताएका हुन्।

प्रचण्डको भाषणलगत्तै ट्विट गर्दै शर्माले भने, ‘देवघाट पठाउने उमेरमा सांसद ? प्रचण्डले आज पोखरामा भन्नुभो ! कमरेड यहाँको उचाइ र उमेरले यस्तो बोल्नु शोभनीय हो ? ७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने ?’

प्रकाशित: Nov 27, 2019| 14:22 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।