आइतबार, साउन ३१, २०८३

रामसीताको पहिलो भेट : यसरी मनाइयो फूलबारी लिला

रामजानकी विवाह महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लिला मनाइएको छ।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

जनकपुरधाम- रामजानकी विवाह महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लिला मनाइएको छ।

त्रेतायुगमा विवाहबन्धनमा बाँधिनुपूर्व भगवान राम र सीताको पहिलो भेट फूलबारीमा भएको पौराणिक मान्यताअनुसार विवाहपञ्चमीको अवसरमा हरेक वर्ष फूलबारी लिला मनाइन्छ।

जानकी मन्दिरसँगै रहेको विवाह मण्डपमा फूलबारी लीला हेर्न ठूलो संख्यामा श्रद्धालु र स्थानीय जुटेका थिए। दुई बालबालिकालाई मर्यादा पुरुषोत्तम राम र सीताको स्वरुप बनाई मनाइएको फूलबारी लिलाको माहोलले उपस्थित सबैलाई रोमाञ्चित बनाइ रहेको थियो।

यसका साथै अन्य बालिकाहरुलाई सीताको साथी बनाइएको थियो। उनीहरुको शृङ्गार र सज्जासज्जा हेर्दा त्रेता युगमा भगवान राम र सीता शायद यस्तै थिए, भान भइरहेको थियो ‘फूलबारी लीला’ हेर्न पुगेका सयौँ श्रद्धालुहरुलाई।

मिथिलाका राजा जनकले छोरी सीताको विवाह गर्न राखेको शर्त शिव धनुष तोड्नु एक दिनअघि राम र सीताको फूलबारीमा भेट भएको मान्यता रहेको छ। र, सीतासँग अयोध्यावासी रामको पहिलो भेट भएको अवसरमा हरेक वर्ष रामजानकी विवाहोत्सवको अवसरमा फूलबारी लीला मनाइन्छ।

विवाहमण्डप परिसरमा राम र सीताको भूमिका निर्वाह गरिरहेका बालबालिकाको अभिनयले फूलबारी लीला हेर्न पुगेकाहरुलाई मन्त्रमुग्ध बनाइरहेको थियो। फूलबारी लीलाको अवसरमा बज्ने गीत र संगीतले रामसीताको पहिलो भेटको झझल्को दिइरहेको थियो।

फूलबारी लीलाको दोस्रो दिन आइतबार धनुषयज्ञ कार्यक्रम राखिएको छ। रामायणमा उल्लेख भएअनुसार राजा जनकले राखेका शर्तअनुसार भगवान रामले शिव धनुष तोडेपछि राम र सीताको विवाह सम्पन्न भएको थियो।

सोही मान्यताअनुसार जानकी मन्दिरमा धनुषयज्ञको कार्यक्रम राखिएको जानकी मन्दिरका पुजारी रामरोशन दासले बताए।

अयोध्याबाट हिँडेका जन्ती जनकपुर पुगे

रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट हिँडेका जन्ती जनकपुर पुगेका छन्। विवाह महोत्सवमा सरिक हुन ५ मंसिरमा अयोध्याबाट हिँडको जन्ती बुधबार साँझ जनकपुर पुगेका हुन्।

हरेक पाँच वर्षपछि विवाहोत्सवमा विशेष जन्ती आउने परम्पराअनुसार अयोध्याबाट पाँच सयभन्दा बढीको संख्यामा साधुसन्तहरु जनकपुर आइपुगेका छन्।

साधुसन्तको रुपमा आएका जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार जनकपुरको बाह्रबिघा मैदानमा एक कार्यक्रमका बीच स्वागत गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: Nov 27, 2019| 12:42 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।