आइतबार, साउन ३१, २०८३

सवारी चालकलाई पर्यटकमैत्री बनाउने अभियान

नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई मध्येनजर गर्दै पर्यटक सवारी चालकलाई पर्यटकमैत्री बनाउने अभियान थालिएको छ।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं- नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई मध्येनजर गर्दै पर्यटक सवारी चालकलाई पर्यटकमैत्री बनाउने अभियान थालिएको छ।

अभियान अन्र्तगत नेपाल पर्यटन बोर्डको सहकार्यमा पर्यटन प्रहरीले पर्यटक सवारी चालकलाई पर्यटन सुरक्षा तथा आतिथ्यता सम्बन्धी प्रशिक्षण दिन थालेको छ।

विदेशी पर्यटक नेपाल आउँदा पहिलो सम्पर्क नै ट्याक्सी चालकसँग हुने भएकाले पर्यटकसँग गरिने व्यवहार, भाडादर र आवश्यक अन्य जानकारीका बारेमा चालकलाई जिम्मेवार बनाउन प्रशिक्षण चलाइएको पर्यटक प्रहरीले जनाएको छ।

पर्यटन प्रहरीले पहिलो चरणमा उपत्यकाका पर्यटक सवारी चालक, भाडाका सवारी चालक तथा रिक्सा चालकहरुलाई पर्यटकसँग गरिने व्यवहार तथा आवश्यक सूचना उपलव्ध गराउने विषयमा प्रशिक्षण दिइएको पर्यटन प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले जानकारी दिए।

‘सवारी चालकहरुले गर्ने व्यवहारबाट पर्यटकमा देशको बारेमा राम्रो र नराम्रो बुझाईमा मद्दत पुग्दछ’ बस्नेतले भने, ‘धेरै पर्यटकहरु सवारी चालकको व्यवहारले गर्दा वाक्क दिक्क भएको गुनासो आएकाले प्रशिक्षण दिइएको हो।’ पर्यटकलाई गरिने व्यवहारसँग देशको इज्जतसमेत जोडिएकाले सवारी चालकले राम्रो व्यवहार गर्नुपर्नेमा सचेत गराइएको उनले जानकारी दिए।

बस्नेतका अनुसार एक दिनको प्रशिक्षणमा एक सय ५० चालकलाई भाडादरमा नठग्ने, ओर्लिने बेला सामान छुट्यो कि भनेर अनिवार्य सम्झाउने तथा पर्यटक कुनै नराम्रो गतिविधिमा संलग्न छन् भने प्रहरीलाई खबर गर्ने बारेमा सचेत गराइएको छ।

एक सय ५० जना चालकलाई बिहीबार पनि प्रशिक्षण दिइने प्रहरीले जनाएको छ। प्रशिक्षणमा चालकहरुलाई ट्राफिक सचेतना सम्बन्धी पनि जानकारी दिने गरिएको छ।

प्रकाशित: Nov 27, 2019| 12:30 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।