आइतबार, साउन ३१, २०८३

हुम्लामा टिप्पर दुर्घटना, ३ जनाको मृत्यु

हुम्लामा मंगलबार भएको टिप्पर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

सुर्खेत - हुम्लामा मंगलबार भएको टिप्पर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नम्बर १ हेप्काका ४५ वर्षीया श्रीक्रमा थामाङ र सोही स्थानकी ३५ वर्षीया नरी लामा रहेका छन्। एक जनाको भने सनाखत हुन नसकेको हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरले जानकारी दिए। उनकाअनुसार घाइते १२ जनाको विवरण खुल्न बाँकी रहेको छ।
उनीहरुलाई उपचारका लागि सदरमुकास्थित जिल्ला अस्पताल लगिएको छ।

नाम्खा गाउँपालिकाको सन्धीखोलाबाट सदरमुकाम सिमकोट आउँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिप्पर आजसाँझ दुर्घटनामा परेको हो। चामल लिएर सदरमुकाम आउँदै गरेको टिप्पर पल्टिएर सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीको भनाइ छ।

प्रकाशित: Nov 27, 2019| 12:21 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।