आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीले नमानेपछि नेशनल मेडिकल कलेजका विद्यार्थीले दिए प्रशासन कार्यालयमा जाहेरी

प्रहरीले नमानेपछि नेशनल मेडिकल कलेजका विद्यार्थीले दिए प्रशासन कार्यालयमा जाहेरी

वीरगन्जस्थित नेशनल मेडिकल कलेजका विद्यार्थीको जाहेरी प्रहरीले लिन नमानेपछि उनीहरुले जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएका छन्।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

पर्सा- वीरगन्जस्थित नेशनल मेडिकल कलेजका विद्यार्थीको जाहेरी प्रहरीले लिन नमानेपछि उनीहरुले जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएका छन्।

यसअघि कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीमाथि आक्रमण गराएपछि त्यसविरुद्ध कारबाहीको माग गर्दै विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका थिए।

तर, प्रहरीले आक्रमणको उजुरी दर्ता गर्न नमानेपछि विद्यार्थीहरुले जिल्ला प्रशासनलाई गुहारेका हुन्।

आन्दोलनका क्रममा क्याम्पस प्रशासनले मानसिक यातना दिएको र गुण्डा लगाएर हातपात समेत गरेको भन्दै जाहेरी दिएका हुन्।

निवेदनमा विद्यार्थीमाथि हातपात गर्ने ११ जनाको नाम समावेश गरिएको छ।

विद्यार्थीहरुले होस्टलभित्र शान्तिपूर्ण र सुरक्षित वातावरणमा बस्ने व्यवस्था मिलाइदिन पनि जाहेरीमा माग गरेका छन्।

विद्यार्थीहरुका अनुसार यसअघि पटकपटक उजुरी दिँदासमेत प्रहरीले उजुरी लिन मानेको थिएन।

कलेजले असुलेको अवैध शुल्क फिर्ताका लागि आन्दोलन भइरहेका बेला गत शुक्रबार बेलुका कलेज प्रशासनद्वारा परिचालित केही गुण्डाले आन्दोलनरत विद्यार्थीमाथी आक्रमण गरेका थिए।

विद्यार्थीले शुक्रबार राति नै जिल्ला प्रहरी कार्यालय पर्सामा सामूहिक निवेदन दिएका थिए। पीडित विद्यार्थीले प्रहरी निरीक्षक एके साहलाई निवेदन बुझाएको भए पनि कहिले कार्यालय समय सकिएको वहानामा त कहिले अरु वहानामा विद्यार्थीको जाहेरी दर्ता नगरी फर्काइएको थियो ।

अहिलेसम्म पनि प्रहरीले उजुरी लिन नमानेको एक विद्यार्थीले जानकारी दिए।
“तिमीहरु विप्लवको छोराको इसारमा चलेका छौ, अलिकती पनि कमजोरी भेट्यौं भने छोड्दैनौ,” एसपीलाई उद्धृत गर्दै एक विद्यार्थीले भने।

प्रकाशित: Nov 27, 2019| 12:17 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।