काठमाडौं - अर्घाखाँचीको सन्धीखर्कमा बस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ। सन्धीखर्क नगरपालिका-६, नरपानीमा बुधबार बेलुकी करिब साढे ४ बजेतिर भएको बस दुर्घटनामा १८ जना घाइते भएका प्रहरीले जनाएको छ।
सन्धीखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु२ख २१४८ नम्बरको बस सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइते मध्ये केहीको सन्धीखर्कमै उपचार भैरहेको र केहीलाई उपचारका लागि बुटवलतर्फ पठाइएको प्रहरी सहायक निरीक्षक सूर्य पन्थीले जानकारी दिए।
बस भीरमा खसेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ।