आइतबार, साउन ३१, २०८३

‘एकताको लागि राजपाले शर्त राख्नु अशोभनीय’

समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले पार्टी एकीकरणको लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले शर्त राख्नु अशोभनीय रहेको बताएका छन्। राजपा छुट्टै पार्टी रहेको भन्दै उसले एकीकरणको लागि शर्त राखे गलत हुने यादवको तर्क छ।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

जनकपुरधाम - समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले पार्टी एकीकरणको लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले शर्त राख्नु अशोभनीय रहेको बताएका छन्। राजपा छुट्टै पार्टी रहेको भन्दै उसले एकीकरणको लागि शर्त राखे गलत हुने यादवको तर्क छ।

महोत्तरीको पिपरा जाने क्रममा बुधबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले सरकारमा सहभागी हुँदैमा पार्टी एकता गर्नु हुन्न भन्ने सोच त्याग्नुपर्ने बताए।

‘कोही सरकारमा छ, कोही सरकार बाहिर तर सरकारमा नगएको मान्छे कोही छैन्’ उनले भने,‘हामी एकताको पक्षमा छौं, एकीकरण भइसकेपछि पार्टीले गर्ने निर्णय हामीलाई मान्य हुने छ।’ हाल राजपा अलग पार्टी रहेकोले उसको निर्णय मान्नैपर्ने बाध्यता आफूहरुलाई नरहेको उनले बताए।

एक फरक प्रसंगमा बोल्दै मन्त्री यादवले गौर हत्याकाण्डको धम्की देखाएर मधेशलाई दबाउन खोजिएको बताए। यादवले राष्ट्रिय एकता खल्बल्याउने र विखण्डनकारी शक्तिले गौर हत्याकाण्डको कुरा उठाएको टिप्पणी गरे।

‘गौर हत्याकाण्डको कुरा उठाउने हो भने सप्तरी हत्याकाण्ड, झापा हत्याकाण्ड, माडी हत्याकाण्ड सबै कुरा उठ्छ, जनयुद्धको कुरा उठ्छ। यी सबै कुरा उठाउँदै गए मुलुकमा कस्तो स्थिति आउला?,’ यादवले प्रश्न गरे।

मन्त्रीमण्डल फेरबदल समान्य विषय भएको उनले बताए।

उपप्रधानमन्त्री यादव भारत भ्रमणमै रहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल फेरबदल गरेर स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाएर उनलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए।

कानुन मन्त्रालयको जिम्मेवारी पाएका यादवले अहिले संविधान संशोधन गर्न सही समय आएको जिकिर गरे। वर्तमान संविधानमा व्यापक त्रुटि र कमजोरी रहेको उनको भनाइ छ। संविधान संशोधन प्रक्रिया छिट्टै अगाडि बढ्ने यादवले बताए।

प्रकाशित: Nov 27, 2019| 11:19 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।