सुर्खेत । सल्यानमा नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका चारजना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज चक्रपाणि शर्मा, केन्द्रीय सदस्य एवम् जनगणतान्त्रिक मोर्चाका कर्णाली प्रदेश इञ्चार्ज दिपकबहादुर शाही, सल्यान जिल्ला सचिव चक्रबहादुर शाह र जिल्ला सदस्य हिरालाल गोसाई रहेका छन् ।
उनीहरुको साथबाट संसदीय उपचुनाव बहिष्कार गरौँ, सङ्घीय गणतन्त्रको दिशामा अघि बढौँ’ भन्ने नारा लेखिएको पर्चा र पम्पलेटसमेत प्रहरीले नियन्त्रणमा लिइएको छ । उनीहरु सबैलाई कुमाख गाउँपालिका–५ बल्लेमा चुनाव बहिस्कारको पर्चा वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको सल्यानका डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । मंगलबार राती पक्राउ परेका उनीहरुलाई आज सात दिने म्याद थप गरेर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।
कुमाखको ५ नम्बर वडामा वडाध्यक्ष पदका लागि उप–निर्वाचन हुँदैछ । सो क्षेत्र तत्कालीन माओवादीले थालेको सशस्त्र द्वन्द्वले प्रभावित क्षेत्र हो ।