आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्रयाक्टर पल्टिँदा २५ विद्यार्थी घाइते, दुईको अवस्था गम्भीर

ट्रयाक्टर पल्टिँदा २५ विद्यार्थी घाइते, दुईको अवस्था गम्भीर

 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

सुर्खेत । सुर्खेतमा विद्यार्थी चढेको ट्रयाक्टर पल्टिँदा २५ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजना विद्यार्थीको अवस्था गम्भीर रहेको छ । घाइते विद्यार्थीको विवरण भने खुलेको छैन । सुर्खेतको जनज्योती माध्यमिक विद्यालय बड्डीचौरका विद्यार्थीहरु मौरीको मह काढ्न जानेक्रममा आज दिउँसो दुई बजेतिर ट्रयाक्टर दुर्घटना भएको हो ।

उनीहरु विद्यालयदेखि करिब सात किलोमिटर टाढा हल्दुमा रहेको मौरी फार्ममा जान थालेका थिए । इलाका प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक कृष्ण कँडेलका अनुसार ट्रली भाँचिएर ट्रयाक्टर दुर्घटना भएको हो । घाइते सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

लामो समयदेखि कृषि तथा बाली विज्ञान अध्ययन गराउँदै आएको विद्यालयले कृषिमूलक व्यवसाय समेत गर्दै आएको छ ।

प्रकाशित: Nov 27, 2019| 10:20 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।