आइतबार, साउन ३१, २०८३

नेकपाको चुनावी सभामा बम विस्फोट

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावीसभा भइरहेको स्थान नजिक बम विस्फोट भएको छ।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

पोखरा – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावीसभा भइरहेको स्थान नजिक बम विस्फोट भएको छ।

कास्की–२ प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा बम विस्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोटमा परि एक महिला घाइते भएकी र उनको गण्डकी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। महिलाको नाम भने खुल्न सकेको छैन। विस्फोटबाट पार्किङ स्थलमा रहेको ग१ख ८८९१ नम्बरको बसका सिसा फुटेको कास्की प्रहरीले जनाएको छ।

चुनावी सभामा नेकपा नेता वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: Nov 27, 2019| 08:07 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।