आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अतिक्रमित भूमि फिर्ताका लागि कञ्चनपुरमा हस्ताक्षर अभियान

अतिक्रमित भूमि फिर्ताका लागि कञ्चनपुरमा हस्ताक्षर अभियान

कञ्चनपुरमा कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान सुरु गरिएको छ।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

कञ्चनपुर- कञ्चनपुरमा कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान सुरु गरिएको छ।

सीमा रक्षाका लागि युवा जागरण अभियान, दार्चुलाले हस्ताक्षर अभियान सुरु गरेको हो।

‘युवा जागौं, देश बचाऔं’ भन्ने मूल नारासहित हस्ताक्षर अभियान सुरु गरिएको अभियान संयोजक मदन गिरीले बताए। “भारतले अतिक्रमण गरेको भूमि फिर्ताका लागि दबाब सिर्जना गर्न हस्ताक्षर अभियान सञ्चालन गरेका छौं,’ उनले भने, “संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौं।”

मंगलबारदेखि सुरु भएको अभियानका क्रममा दस हजारभन्दा बढीले हस्ताक्षर गरेका छन्। अभियानमा शिक्षक, विद्यार्थी, स्थानीय बासिन्दा, नागरिक समाज, राजनीतिक दलका कार्यकर्ताले सहभागिता जनाएका छन्।

हस्ताक्षर अभियान सुदूरपश्चिमभर सञ्चालन गरिने बताइएको छ।

रासस

प्रकाशित: Nov 27, 2019| 07:30 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।