बिहीबार, असार ३२, २०८३

सागमा २ हजार ९ सय खेलाडी प्रतिस्पर्धा गर्दै

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा २ हजार ९ सय खेलाडी प्रतिस्पर्धा गर्ने भएका छन्।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा २ हजार ९ सय खेलाडी प्रतिस्पर्धा गर्ने भएका छन्।

राष्ट्रिय टिम तयारी समितिले सागमा ७ राष्ट्रबाट २ हजार ९ सय १० खेलाडी सहभागी रहने जनाएको छ। सागमा आयोजक नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सले २६ खेलमा प्रतिस्पर्धाै गर्दैछन्।

कुन देशका कति ?

समितिका संयोजक महेन्द्र राईका अनुसार सागमा आयोजक नेपालबाट सबैभन्दा बढी खेलाडी सहभागी हुनेछन्। नेपालबाट ५ सय ९४ खेलाडी सहभागी हुँदैछन् ।

यस्तै, भारतबाट ५ सय ३५, बंगलादेशबाट ४ सय ७८, श्रीलंकाबाट ५ सय ५६, पाकिस्तानबाट ३ सय ७८, माल्दिभ्सबाट २ सय ५२ र भुटानबाट १ सय १७ खेलाडीले सहभागिता जनाउनेछन्।

सागमा २६ खेलमा ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।

साग मंसिर १५ बाट २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन हुनेछ। भलिबलका खेल भने आजबाटै सुरु हुने समितिले जनाएको छ।

प्रकाशित: Nov 27, 2019| 06:47 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।