बिहीबार, फागुन २८, २०८२

अब बनगाडमा बग्ने छैनन् गाडी

मंगलबारदेखि बनगाड खोलामा पुल बनेर सञ्चालनमा आएको छ।
 |  बुधबार, मंसिर ११, २०७६

देव राना

देव राना

बुधबार, मंसिर ११, २०७६


सुर्खेत - २०७५ भदौ ८ गते छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोलामा यात्रुवाहक माइक्रोबस फस्यो। खोला पार गर्दै गर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्ने।

National life

गाडी जाजरकोटबाट नेपालगन्जका लागि छुटेको थियो। यात्रु पाखा लागे पनि उनीहरुका सरसमान खोलाले बगायो। करिब १७ मिटर तल पुगेपछि गाडी ढुंगामा अडियो।

बनगाड खोलामा गाडी बग्ने यो एउटा उदाहरण मात्रै हो। छिन्चु–जाजरकोट सडक सञ्चालनमा आएको वर्षाैं भइसक्दा पनि खोलामा पुल नबनेपछि हरेक वर्ष गाडी बग्थे। अटोरिक्सा र मोटरसाइकलले खोला तर्न सक्थेनन्।

समय पुल नबन्दा यात्रुलाई गन्तव्यमा पुग्न सक्थेन। तर अबदेखि यात्रुले यस्तो सास्ती खेप्नुपर्ने छैन। जति ठूलो भेलमा पनि बनगाड खोलाले गाडी बगाउने छैन । मंगलबारदेखि बनगाड खोलामा पुल बनेर सञ्चालनमा आएको छ।

पुल सञ्चालन भएपछि जाजरकोट, रुकुमपश्चिम, डोल्पा, सुर्खेत र सल्यान आउनजान सहज भएको छ। बनगाडमा ३५ मिटर लम्बाइ र ११ मिटर उचाइको पुल बनेको छ। पुल तीन करोड ५० लाख लागतमा लामा कन्स्ट्रक्सन निर्माण सेवाले बनाएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 27, 2019| 06:38 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।