आइतबार, साउन ३१, २०८३

तानालाई सम पुरस्कार, गीता र पद्मालाई नारी रत्न

गीता केशरी र पद्मावती सिंहलाई संयुक्त रूपमा ‘नेपाली साहित्य नारीरत्न’ को सम्मानसहित पुरस्कार समर्पण गरिने निर्णय भएको छ।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं : साहित्यकार तारानाथ शर्मा (तानासर्मा) ले ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिने भएको छ।

त्रिमूर्ति निकेतनले ‘सम र समका कृति’ मार्फत नाट्यसम्राट् बालकृष्ण समको महत्त्वपूर्ण दस्तावेज लेखनका साथै साढे सात दशकदेखि नेपाली भाषासाहित्यको सेवामा समर्पित शर्मालाई एक लाख रूपैयाँ राशिको पुरस्कार दिने निर्णय गरेको हो। 

यस्तै आधुनिक कथा र उपन्यास सृजनामा याेगदान दिएबापत गीता केशरी र पद्मावती सिंहलाई संयुक्त रूपमा ‘नेपाली साहित्य नारीरत्न’ को सम्मानसहित पुरस्कार समर्पण गरिने निर्णय भएको छ। ताम्रपत्रका साथै पुरस्कारको राशि एक लाख रूपैयाँ छ।

शताब्दी पुरुष सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि समर्पित प्रसिद्ध कलाकार राजन काफ्ले र समाजसेवी श्रीगोपाल महर्जनलार्ई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय भएको निकेतनले जनाएको छ।

त्रिमूर्ति निकेतनको भौतिक सम्हार र संरक्षणमा विशेष योगदान पुर्याएबापत मोहनकृष्ण सापकोटा र श्री ढण्डुराज घिमिरेलाई ‘त्रिमूर्ति सेवा पदक’ समर्पण गर्ने निर्णय भएको छ।

दस हजार रुपैयाँ राशिसहित यस वर्षको ‘भद्र घले पदक’ विश्वनारी नेपाली साहित्य सम्मेलनका संयोजक प्रा।डा। गार्गी शर्मालार्ई समर्पण गरिएको छ।

प्रकाशित: Nov 27, 2019| 06:20 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।