आइतबार, साउन ३१, २०८३

स्कुलमा पूर्वप्रअ मास्केको सालिक

राजधानीको विश्व निकेतन माविका पूर्वप्रअ गम्भीरमान मास्केको अर्धकदको सालिक स्थापना अन्तिम चरणमा पुगेको छ।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं- राजधानीको विश्व निकेतन माविका पूर्वप्रअ गम्भीरमान मास्केको अर्धकदको सालिक स्थापना अन्तिम चरणमा पुगेको छ।

विश्व निकेतन-गम्भीरमान फाउन्डेसनले स्वर्गीय मास्केको वार्षिकीको अवसर पारेर यही मंसिर २१ गते विद्यालय परिसरमा सालिक अनावरण गर्ने जनाएको छ।

फाउन्डेसनका अध्यक्ष एवं विद्यालयका पूर्वविद्यार्थी राजेश प्रधानाङ्ग मास्केले प्रअका रूपमा पुर्याएको योगदान स्मरण गरी शालिक स्थापना गर्न लागेको बताए । “प्रधानाध्यापकका रूपमा गुरू गम्भीरमान मास्केले देखाउनुभएको बाटो अनुकरणीय छ,” उनले भने।

यसअघि फाउन्डेसनले स्वर्गीय मास्केको जन्मजयन्तीको अवसरमा उनीद्वारा लिखित ‘दिवा स्वप्नमा आउने’ पुस्तकको अंग्रेजी संस्करण ‘द लिङगरिङ इमेज अफ माइ डेड्रिम्स’ प्रकाशन गरिसकेको छ।

२०१७ सालमा अंग्रेजी विषय शिक्षकको रुपमा विश्व निकेतन प्रवेश गरेका मास्के २०२३ देखि २०५१ सम्म प्रअको जिम्मेवारी सम्हालेका थिए।

मास्केको ८६ वर्षको उमेरमा गत मंसिर १६ गते निधन भएको थियो।

प्रकाशित: Nov 27, 2019| 06:00 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।