आइतबार, साउन ३१, २०८३

प्रधानमन्त्री बिरामी भएपछि महासंघको धर्ना स्थगित

 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं । विभिन्न माग राखेर प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिँदै आएका निर्माण व्यवसायीले धर्ना कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पताल भर्ना भएका कारण धर्ना स्थगित भएको हो ।

साथै आफ्ना मागमा नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ सकारात्मक भएका कारण धर्ना कार्यक्रम तत्कालका लागि स्थगित गरिएको निर्माण व्यवसायी महासंघले जनाएको छ ।

प्रदेश महासंघले मुख्यमन्त्रीको कार्यालय र जिल्ला संघहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम पनि तत्कालका लागि स्थगित गरिएको महासंघले जनाएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा मन्त्री नेम्बाङले व्यवसायीका माग सम्बोधन गर्ने गरी ऐन नियम ल्याइने जानकारी दिएका थिए ।

म्याद थप, बैंक क्रेडिट लाइन, लगायतका मागहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार सोमबार र मंगलवार बिहान एक घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएको थियो ।

प्रकाशित: Nov 27, 2019| 06:01 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।