काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।
हिजोमात्रै एपेन्डिक्सको शल्यक्रिया गराएका प्रधानमन्त्री ओली अस्पतालमै छन्।
गएराति स्वास्थ्यमा थप समस्या देखिए पनि आज बिहानदेखि उनी बोलचाल गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन्।
धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गरी काठमाडौं फर्केका सभापति देउवा विमानस्थलबाट सिधै अस्पताल पुगेका हुन्। प्रधानमन्त्री ओलीलाई भेटेर फर्केपछि देउवाले भक्तपुरमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।