आइतबार, साउन ३१, २०८३

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नेकपा गएपछि ...

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका ...
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

बैतडी- विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।

पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिए । उनीहरुलाई नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गरेका थिए ।

चुनावीसभामा नेकपाका केन्द्रीय सदस्य नरेन्द्र कुँवर, सांसद दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल, प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, परमानन्द भट्टलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित: Nov 27, 2019| 05:24 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।