आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीकाे स्वास्थ्यमा सुधार, कुराकानी गर्न थाले

प्रधानमन्त्रीकाे स्वास्थ्यमा सुधार, कुराकानी गर्न थाले

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार देखिएको छ।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार देखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएकाे छ।

“विशेषज्ञ चिकित्सकहरूबाट शल्यक्रियापश्चात हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ। सम्माननीयज्यूको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको र उहाँ अहिले राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा भएको व्यहोरा जानकारी गराइन्छ,” ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। उनकाे ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएकाे थियाे।

 

 

प्रकाशित: Nov 27, 2019| 05:18 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।