आइतबार, साउन ३१, २०८३

गुल्मीमा जिप दुर्घटना : एकको मृत्यु, चार घाइते

गुल्मीको सत्यवतीमा मंगलवार राति जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार घाइते भएका छन्।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं- गुल्मीको सत्यवतीमा मंगलवार राति जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार घाइते भएका छन्।

सत्यवती गाउँपालिका–३, ठूलो लुम्पेको बुटिसगैरामा रिडीबाट ठूलो लुम्पेक जाँदै गरेको लु१ज २७८४ नम्बरको जिप दुर्घटना हुँदा सोही ठाउँका ६८ वर्षीया ललितादेवी सिंजालीको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार दुर्घटनामा स्थानीय २२ वर्षीय राजन राहडी, २२ वर्षीय देवबहादुर बिक, ७ वर्षीय वीरेन्द्र सिंजाली र २३ वर्षीय अनिल बिक घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले जिप र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: Nov 27, 2019| 04:23 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।